एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी बिजयी

0

गैर आबासिय नेपाली संघ डेनमार्कको अध्यक्षमा सैलेश अधिकारी निर्बाचित हुनु भएकोछ । शनिबार बिध्युतिय प्रणालीमा भएको मतदानमा अधिकारी १८० मत ल्याएर बिजयी हुनु भयो भने शिव कार्कीले १४२ मत र दिपक राज रिजालले ८७ मत प्राप्त गर्नु भएकोछ ।

त्यसै गरि दुई जना उपाध्यक्षमा राधाक्रिष्ण सापकोटाले २४५ मत र सुनिल बिराजि यादबले २१८ मत प्राप्त गरि बिजयी हुनु भयो भने अर्का उम्मेद्वार चन्द्रमणि पौडेलले १५३ मत प्राप्त गर्नु भएकोछ । महासचिबमा महेश सिंह खत्री २३८ मताँकले बिजयी हुनु भएको छ , महासचिबका अर्का उम्मेद्वार राघबेन्द्र प्रताप सिंह कार्कीको १५४ मताँक रहेकोछ ।

सचिबमा सालिकराम शर्मा २४९ मत सहित निर्बाचित हुनु भएको छ , सचिब पदका अर्का प्रत्यासी तिलकराज भट्टको १३१ मत रहेकोछ । मोहन केसी २३० मतले कोषाध्यक्ष पदमा निर्बाचित हुँदा अर्का उम्मेद्वार कृष्ण प्रशाद पराजुलीले १७७ प्राप्त गर्नु भएकोछ ।

सदस्यहरुमा प्रदिप कुमार पाण्डे , भुबन खड्का , केशबनिधी पन्त , नरेन्द्र बहादुर पौडेल र नारायण पौडेल निर्बाचित हुनु भएकोछ । आईसिसी सदस्यमा अशोक शर्मा , महिला उपाध्यक्षमा जमुना रिजाल कंडेल , महिला सन्योजकमा मनिषा सिंह , युबा सन्योजकमा गुरुदत्त लामिछाने र महिला सदस्यमा रितादेबी कंडेल मिश्र र बिमला शर्मा खरेल यस् अघिनै निर्बिरोध निर्बाचित भैसक्नु भएकोछ ।

कोपेनहेगन र ओदेन्स बुथमा भएको बिध्युतिय मतदान डेनमार्कमै बसोबास गर्ने शशी श्रेष्ठ लगायतको टिमले बिकास गरेको बिध्युतिय मेशिनबाट गरिएको थियो । जम्मा ४६६ जना मतदाता रहेको एनआरएनए डेनमार्कमा आगामी कार्यकालका लागि १९ जना उम्मेद्वारहरु प्रतिस्पर्धामा हुनु हुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.