किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि

0

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन् । उनी टिम प्रमोद खरेलबाट फाइनलमा पुगेका थिए ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । किरणले उपाधिसँगै पुरस्कार स्वरुप नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् ।

टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टिम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टिम तृष्णाबाट ज्वाला फाइनमा पुगेका थिए । यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

टिम प्रमोदबाट फाइनल पुगेका किरण गजमेर अमेरिकामा बस्दै आएका छन् । उनी भ्वाइसमा सहभागी हुनकै लागि नेपाल आएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए ।

द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन र युट्युवबाट गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.