बेलायतमा दुई मात्रा खोप लगाएका ५५ प्रतिशतमा डेल्टा भेरियन्ट संक्रमण पुष्टि

0

एजेन्सी : बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा पनि कारोना भाइरस संक्रमण फैलने क्रम बढेको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढेको हो ।

अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत कोरोनाको खोप लगाएका व्यक्ति रहेको बेलायतको स्वास्थ्य विभागले जनाएको छ । गत जुलाई १० देखि अगस्ट २ सम्मको तथ्यांकअनुसार दुबै मात्रा खोप लगाएका ५५ प्रतिशत विरामी अस्पताल भर्ना भएको पाइएको हो ।

खोपको मात्रा पूरा भएकाहरु नै बढी अस्पताल भर्ना भएकाले थप चिन्ता बढाएको बेलायतको स्वास्थ्य विभागले जनाएको छ । खोपले सबै जोखिम न्यूनिकरण नगर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न बेलायत सरकारले आह्वान गरेको छ ।

जुलाई एकमा प्रतिबन्ध फुकुवा भएसँगै बेलायतमा संक्रमण बढेको छ । बेलायतमा ५७ प्रतिशत भन्दा बढी बयस्कले कोरोना भाइरसविरुद्धको दुबै मात्रा खोप लगाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.