विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे निर्णय लिइनेछ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् ।

कांग्रेस नेता गगन थापा लगायतसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन् । भेटपछि ट्विट गर्दै नेता गगन थापाले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको जानकारी दिएका हुन् ।

जवाफमा शिक्षा मन्त्रालयको जिम्मेबारी समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले आवश्यक निर्णय गर्ने विश्वास दिलाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिसकेको छ । गत जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेका लागि तय गरिएको छ । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुनेछन् ।

No description available.
Leave A Reply

Your email address will not be published.