बालाजुको बिस्कुट कारखानामा भीषण आगलागी

0

काठमाडौं : काठमाडौंको बालाजुमा रहेको औद्योगिक क्षेत्रभित्र रहेको एक कारखानामा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभएको तर बिस्कुट तथा यसका कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन ।

प्रहरीका अनुसार राति करिब ३ बजेतिरबाट आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भइरहेको छ ।

यसअघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो। आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.