तेल ट्यांकरमा भएको आक्रमणमा इरान संग्लन रहेको अमेरिका र बेलायतको आरोप

0

एजेन्सी : दुई जनाको ज्यान जाने गरी ओमानमा तेल बोक्ने ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।

अरब सागरस्थित ओमनको तटमा बिहीबार भएको घटनामा चालकदलका दुईजनाको मृत्यु भएको थियो ।

बेलायती विदेश मन्त्री डोमिनिक राबले वक्तव्य जारी गरेर इरानले एक वा त्यो भन्दा बढि ड्रोनको प्रयोग गरी ट्यांकरमाथि आक्रमण गरेको हुन सक्ने उल्लेख गरेका छन् । इरानले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको उनको भनाइ छ ।

यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले पनि आक्रमणमा इरानको संलग्नता रहेमा बताएका छन् । घटनाको उपयुक्त जवाफ दिइने पनि उनले उल्लेख गरेका छन् ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले वक्तव्य जारी गरेर घटनामा इरानको संलग्नताको प्रमण रहेको बताएपछि अमेरिका र बेलायतको टिप्पणी आएको हो ।

इरानले आफूमाथि लगाइएको आरोप आधार हिन रहेको बताउँदै आएको छ । तेल ट्याङकरमाथिको आक्रमणमा बेलायत र रोमानियाका दुई नागरिकको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.