प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

0

काठमाडौं : बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधानसेनापति बन्नेछन् ।

No description available.
Leave A Reply

Your email address will not be published.