सत्ता गठबन्धनलाई मन्त्रीको नाम टुंग्याउनै सकस

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको २१ दिन पुग्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

देउवा प्रधानमन्त्री भए यता गठबन्धनका नेताहरु मन्त्रिपरिषद विस्तारका विषयमा लगातार संवादमा छन् । तर सत्तासाझेदार दलहरुले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

नेकपा माओवादी केन्द्र पनि मन्त्रीको नाम टुंग्याउन दिनहुँजसो छलफलमा जुटेको छ । माओवादीले ७ मन्त्रालय पाउने बताइएको छ । तर ७ मन्त्रालयका लागि मन्त्री हुनेको संख्या भने धेरै हुँदा अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रीको नाम टुंग्याउन सकस परेको छ ।

माओवादी केन्द्रको सोमबार दिउँसोका लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । सो बैठकबाट माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याउने तयारी गरेको थियो । तर सोमबारको बैठक स्थगित भएपछि मन्त्रिपरिषद विस्तारमा पुनः ढिलाइ हुने संकेत देखिएको छ ।

उता जनता समाजवादी पार्टीले पनि मन्त्रीको नाम टुंग्याउन सकेको छैन जसपाले आफूले महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने भन्दै गठबन्धनमा अडान राख्दै आएको छ ।

यता देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनिर्णित छ ।

Leave A Reply

Your email address will not be published.