अफगानिस्तानका प्रमुख तीन शहरमा तालिबान लडाकु र सरकारी सेनाबीच भिडन्त

0

एजेन्सी : अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ ।

हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भैरहेको हो ।

तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिबान लडाकुले सरकारी सेनाविरूद्ध आक्रमण जारी राखेका हुन् ।

अमेरिकीसहितका देशका सेना सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँग तालिबानले अफगानिस्तानका अधिकांश ग्रामीण भाग कब्जा गरेको छ ।

प्रमुख शहरहरुमा भने अझै पनि सरकारी सेनाको नियन्त्रण छ । जारी युद्धले मानवीय संकट आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता व्यक्त गरेका छन् । कान्दाहर शहरबाट हजारौँ मानिस बिस्थापित भएका छन् ।

लश्कर गाहमा तालिबान बिद्रोही र सेनाविच भिषण आक्रमण भएको छ । तालिबानले सो शहर दोस्रोपटक शहर नियन्त्रणमा लिने प्रयास गरेको हो ।

Leave A Reply

Your email address will not be published.