सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा

0

काठमाडौं : सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन । मन्त्रीको नाम तय गर्न नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको बैठक आज बस्दैछ ।

दुबै दलले नाम टुंगो लगाए आइतबार साँझसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक दिउँसो बस्दैछ ।

सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि आन्तरिक छलफल गरिरहेको छ । जसपाले मन्त्री छान्ने जिम्मेबारी पार्टी अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ । पार्टीले पाउने मन्त्रालयहरु स्पष्ट भएपछि मात्रै मन्त्री छान्ने तयारी जसपाको छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि सरकारमा जाने मन्त्रीहरुको विषयमा अनौपचारिक छलफल गरिरहेको छ ।

प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक मन्त्रालय दिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारका विषयमा शनिवार पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालविच छलफल भएको थियो । सरकार गठनको दुई साता वित्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.