चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

0

एजेन्सी : चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेका छन् ।

मङ्गलबारदेखि पानी परेर आएको बाढीमा फसेका कैयौँ गाडीहरू निकाल्न शुरु गरिएको छ । अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेकाले सो स्थानमा पनि थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको छ ।

राष्ट्रपति सी जिनपिङले बाढी प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा जुट्न निर्देशन दिएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत साताको अन्त्यदेखि जारी मुसलधारे वर्षाले हेनान प्रान्तका हजारौं नागरक विस्थापित भएका छन् । बाढीका कारण हेनान् प्रान्तका सबैजसो सहरको सडक सञ्जाल विच्छेद भएको छ । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन् ।

Leave A Reply

Your email address will not be published.