केपी ओली नराम्रोसँग पछारिए : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नराम्रोसँग पछारिएको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसमा पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियता खतराको डिलमा पुर्‍याउने ओली आफ्नो मोर्चाबन्दी र संघर्षपछि पराजित भएको बताएका हुन् ।

सरकारबाट हटेपछि विक्षिप्त भएका ओली घरी बार्दली र घरी अन्य ठाँउवाट बर्बराइरहेको तर त्यो बर्बराहट पनि लामो समय नरहने दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले एमालेका नेता कार्यकर्तालाई ओलीले आफ्नो हनुमान बनाएको पनि आरोप लगाए । उनले एमालेका माधव नेपालसहितसँग मिलेर ओलीलाई पाहा पछारे जसरी पछार्न सफल भएको बताए । एमसिसी र आइपिएसको नाममा ओलीले गठबन्धन फुटाउन प्रयास गरिरहेको आरोप पनि दाहालले लगाए ।

भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेकोपनि गुनासो गरे । माओवादीका सबै सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.