आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन

0

काठमाडौं : आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालनमा आएका छन् । बैशाखमा लागू गरिएको निषेधाज्ञा पति सरकारको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन सञ्चालन सुरु भएका हुन् ।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयलेले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.