दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक विहीन

0

एजेन्सी : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट २ हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।  सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको हो ।

यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् । त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन् ।

यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।

सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ ।

एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्याङ्कको प्रयोग गरेर कोभिड–१९को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गर्ने गरेको बताइएको छ ।’

Leave A Reply

Your email address will not be published.