युराेपेली देशहरुमा काेराेना फेरि बढ्दाे

0

युरोपेली देशहरूमा कोरोना भाइरसको सङ्क्रमणमा फेरि बढ्न थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सबै तत्काल सतर्क हुनुपर्ने सङ्गठनको जोड छ ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुन सक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरूप्रति सबै सतर्क हुनुपर्दछ’ , सङ्गठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने ।

युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । युरोपेली देशहरूमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा स्यानिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गर्न गराउन उनले आग्रह गरेका छन् ।

खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि उनले सबै देशका अधिकारीलाई आग्रह गरेका छन् । खोपले डेल्टा भेरियन्टको कोरोना भाइरसबाट बचाएको देखिएकाले त्यसका लागि दुई मात्रा खोप लगाउनु आवश्यक भएको उनको भनाइ छ ।

युरोपेली देशहरूमा औसतमा २४ प्रतिशतले खोप लगाएको तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.