देशभर निरन्तर वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

0

काठमाडौं : हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । 

देशभर निरन्तर वर्षा भइरहेका कारण जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ ।

शुक्रबार पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसै क्रममा शुक्रबार बिहान बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि ३ दिनसम्म कहाँ कहाँ बाढीको जोखिम देखिएको छ भनेर आंकलन सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार शुक्रबार कोसी, नारायणी र यसका सहायक नदी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ भने केहीमा बाढीको मात्रा सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ । 

यसर्थ यी नदीका तटीय क्षेत्र तथा डुबन भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

badhi 18asar
Leave A Reply

Your email address will not be published.