जर्ज फ्लोइड हत्या अभियोगमा दोषी ठहर पूर्व प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय

0

एजेन्सी : जर्ज फ्लोइड हत्या प्रकरणमा दोषी पाइएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।

शुक्रबार मिनेसोटाका न्यायाधीशले चोभनले पदीय अधिकारभन्दा बाहिर गएर फ्लोइडमाथि गरेको ज्यादतीका कारण सजाय दिइएको बताएका छन् ।

न्यायाधीशले  सजाय सुनाउनुभन्दा पहिला चाभनले जर्जको परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

गत वर्ष अमेरिकाको मिनेसोटामा प्रहरीको ज्यादतीका कारण काला जातीका ४६ वर्षीय जर्ज फ्लोइडले ज्यान गुमाएका थिए । सार्वजनिक भएको भिडियो अनुसार चोभनले जर्जको घाँटी थिचिरहेका थिए र जर्जले आइ कान्ट ब्रिथ भनिरहेका थिए । 

उक्त घटनापछि अमेरिका र विश्वका अनेक देशमा जातीय दुर्व्यवहारप्रति प्रदर्शन भएको थियो । 

Leave A Reply

Your email address will not be published.