कर्णालीका तीन सांसद पुनः निलम्बनमा

0

काठमाडौं : कर्णाली प्रदेशसभाका तीन जना सांसद पुनः निलम्बनमा परेका छन् । एमालेका सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन् ।

‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरुलाई यसअघि पनि निलम्बन गरिएको थियो । पार्टी कारबाहीमा परेपछि उनीहरुको सांसद पद पनि निलम्बनमा परेको थियो ।

तर जेठ २६ गते सर्वोच्च अदालतले पनुर्वहाली गरिदिएको थियो । निलम्बनमा परेका तीन जना सांसदहरु सरकारमा सामेल छन् । तिमध्ये थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र बुढाले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छन् ।

Leave A Reply

Your email address will not be published.