गरिब देशमा खोपको गम्भीर अभाव, खोप अभियान नै रोक्नु पर्ने बाध्यता

0

एजेन्सी : विश्वका धेरै गरिब देशहरुमा कोरोना भाइरसविरुद्धको खोपको गम्भीर अभाव रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

गरिब देशले खोप अभावमा खोप अभियान जारी राख्न नसकेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताएको छ । तर विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण सुनिश्चित गर्न उक्त संख्या अपर्याप्त रहेको डब्लुएचओको भनाइ छ ।

डब्लुएचओको नेतृत्वमा अरु अन्तर्राष्ट्रिय संगठनहरुको साथ रहेको कोभ्याक्स अन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य तय गरिएको थियो । तर सो लक्ष्य पूरा हुने अवस्था देखिएको छैन ।

गरिब देशका कम्तीमा २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य छ । तर उत्पादनमा भएको ढिलाइले आपूर्तिमा गम्भीर असर परेको छ । नेपालसहित विश्वका धेरै देशले कोभ्याक्स अन्तर्गतको थप खोप पाउन सकेका छैनन् ।

अफ्रिकाका देशहरूमा संक्रमणको तेस्रो लहर देखा पर्दा खोपको अभावका विवरण आएपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको छ 

Leave A Reply

Your email address will not be published.