एनआरएनए बेल्जियमको महासचिबमा कमल सिटौलाको उम्मेद्बारी घोषणा

0

जन सम्पर्क समिति वेल्जियम का निर्वाचित उपाध्यक्ष, NRNA वेल्जियम का बर्तमान कार्य समितिका सदस्य, बेल्जियम स्थित विभिन्न सामाजिक संघ संस्थामा महासचिव, उपाध्यक्ष , सल्लाहकार लगायतका विभिन्न पदहरूमा जिम्मेवारी बहन गरि सकेका, खरो स्वभावका प्रष्ट बक्ता कमल सिटौलाले २०२१ -२०२३ को कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

हाल सम्म वेल्जियममा अघ्यक्ष पदका लागी २ कार्यकाल उपाध्यक्ष रही काम गरि सकेका बर्तमान उपाध्यक्ष खड्क बहादुर के.सी. बाहेक कसैले पनि कुनै पनि पदमा उम्मेद्वारी घोषणा नगरेको अवस्थामा सिटौला को उम्मेद्वारी आएको छ!!! सिटौलाको घोषणा पछि अन्य इच्छुक व्यक्ति हरूलाई पनि आफ्नो ईच्छा व्यक्त गर्न थप प्रोत्साहित गर्ने पक्का छ।

NRNA को सदस्यता लिन कति पनि आकर्षण नभएको , संस्था प्रति वितृष्णा जागेको अवस्थामा केवल निर्बाचन प्रयोजनकै लागी मात्र उम्मेद्वारी दिन चाहनेहरूले घरदैलो मै पुगेर सदस्यता वितरण गर्नु पर्ने दुखद अवस्था रहेको बताउँदै सिटौला ले आगामी दिनमा त्यसको अन्त्य को लागी आफ्नो भूमिका रहने बताएका छन्! आगामी दिनमा समाजका आवश्यकता, परिवेश एवं औचित्यका आघारमा समाजले राखेका अपेक्षा अनुरूप भूमिका खेल्ने समेत बताएका छन्!

महासचिव पदका उम्मेद्वार सिटौलाले निम्न प्रतिबद्धता जाहेर गरेका छन्

1 ) वेल्जियमबासी नेपाली समुदायमा स्वत: स्फूर्त सदस्यता लिने वातावरण तैयार पार्ने। जसको लागि नि:शुल्क सदस्यता लिन पाउने प्राबधानको लागी निर्णय गर्ने/ गराउने।सदस्यता वितरण को समयावधि पर्याप्त राख्ने र हरेक नेपाली लाई सो वारे समय मै सुसुचित गर्ने।

२) स्वत: स्फूर्त सदस्यता ग्रहण गरेका नेपालीबाट मात्र नेतृत्व चयन गर्ने वातावरण बनाउने।

३) बिशेषत: अध्यक्षका प्रत्याशीहरूले आँफै सदस्यता शुल्क हालेर अस्वस्थ प्रतिस्पर्धा गर्न केवल निर्वाचन प्रयोजनकै लागी मात्रै अधिक मात्रमा सदस्यता वितरण गर्ने हाल सम्मको गलत प्रबृतिको अन्त्य गर्ने। हालको online सदस्यता झण्झटिलो भएको हुँदा सजिलो हिसावले सदस्य बन्न सक्ने/ पाउने गरि निति नियम बनाउन हदै सम्म पहल गर्ने ।

४) नेपाली कला सँस्कृतिको वेल्जिक समुदायमा व्यापक प्रचार प्रसार गर्ने, नेपाली नयाँ पिंडीलाई त्यसप्रति सुसुचित गर्दै आकर्षित गराउने, वेल्जियममा बसोवास गर्ने समस्त नेपाली समुदायको हीतमा निरन्तर क्रियाशील रहने।

५) जुन सुकै विचार एवं संस्थामा आस्था राख्ने अध्यक्षका उम्मेद्वार विजयी भएता पनि संस्थाको हीत एवं नेपाली समुदायको एकताको खातिर महासचिव को हैसियतले पूर्ण रूपमा सहयोग गरि कार्यकाल प्रभावकारी रूपमा सफल पार्ने तर पूर्वाग्रही र एकतर्फी ढंगले अगाडी बढ्न खोजे सचेत एवं सजग गराई अनुकुल र सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने/ गराउने । सबै विचार, समुदाय र संस्कृतिका नेपाली दाजुभाइ दिदी बहिनीमा मेलमिलाप, एकता, भाइचारा र आपसी सहयोग अनि बिश्वासको वातावरण बनाउन अधिकतम प्रयत्न गर्ने।

६) NRNA भित्र हाल सम्म भएका बिकृति र विसंगति, आर्थिक अपचलन एवं अपारदर्शी गतिविधि बारे सबै नेपाली लाई सुसुचित गरि सुधारको लागी अधिकतम प्रयास गर्ने । NRNA वेल्जियम को राष्ट्रीय समिति मा नेतृत्व गरि सकेका र NRNA को अन्तराष्ट्रीय समितिमा बेल्जियम बाट प्रतिनिधित्व गरि विभिन्न ओहोदामा रहेर काम गरेका अग्रजहरू बाट सदैव सुझाव ग्रहण गर्ने साथै उहाँहरूको सम्मानमा संस्थागत रूपमै सम्मान कार्यक्रम राखिने छ।

७) यूवा पिंडीलाई खेलकूद प्रतियोगिता, सांगितिक कार्यक्रम एवं बिविध बौद्धिक कार्यक्रम मार्फत नेपाल र नेपाली समुदाय प्रति जिम्मेवार र आकर्षित गराउने । साथै नेपाली समुदाका स्थानिय आवश्यकता र माग अनुसार ब्यक्ति एवं सबै संध संस्था हरू सित सहकार्य गरि सौहार्दपूर्ण वातावरण तय गर्दै वेल्जियममा उदाहरणीय नेपाली समूदाय स्थापित गर्ने तर्फ अघिकतम पहल गर्ने।

आफ्नो उम्मेद्वारी र भूमिका सर्बपक्षिय र सहमतिको निर्विरोध NRNA बनाउन सदैव सकारात्मक रहने बताउँदै सिटौला ले महासचिवमा सहयोग गर्न समस्त वेल्जियमबासी नेपाली समुदाय सित अपिल समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.