काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो, निजी गाडी जोरबिजोर प्रणालीमा चल्न थाले

0

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै मंगलबारदेखि निजी गाडी तथा ट्याक्सी जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका छन् ।

त्यसैगरी केही प्रत्यक्ष सम्पर्क हुने तथा भिडभाड हुनेबाहेकका व्ययवसायसमेत आलोपालो गरी सञ्चालन भएका छन् ।

सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक पसल सोमबार, बुधबार र शुक्रबार खुल्ने छन् ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल, इलेक्टोनिक्स पसल आइतबार मंगलबार र बिहिबार खुल्ने छन् । खाद्यान्न पसल भने दैनिक बिहान ११ बजेसम्म खुल्न दिइएको छ ।

Leave A Reply

Your email address will not be published.