नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे जानकारी छैन : डब्लुएचओ

0

नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे जानकारी छैन : डब्लुएचओ काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमध्यम डेलीमेलको दाबी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खण्डन गरेको छ ।

डब्लुएचओले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको हो । डब्लुएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत नेपालमा नयाँ भेरियन्ट नभेटिएको जानकारी गराएको हो ।

डब्लुएचओले भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।

नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

नेपालमा रहेका भेरिअन्टहरू Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) भएको र यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) भएको जानकारी विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जालमार्फत् दिएको छ।

Leave A Reply

Your email address will not be published.