महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक

0

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितसँगै एक सन्देश जारी गरेका छन् । पूर्वराजा रानीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यस महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता औंल्याएका छन् ।

२ मिनेट ३२ सेकेन्डको भिडियो सन्देशमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ । पूर्व राजा ज्ञानेन्द्रले कोरोना रोकथाम र नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिएका छन् ।

उनले सबैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दै उपचारको क्रममा रहेका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

साथै उनले महामारीको क्रममा जीवन गुमाएका सबैमा चिर शान्तिको कामना गरेका छन् ।

Leave A Reply

Your email address will not be published.