नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा बिहीबार थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार ५६२ पीसीआर परीक्षणका क्रममा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा एक हजार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार ६ सय ३०  जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार ९०४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ लाख १ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा र ८३१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३१ लाख ६ हजार ९ सय ३८ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.