मलेसियामा दुई वटा रेल ठोक्किँदा २ सय भन्दा बढी घाइते

0

एजेन्सी : मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।

राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मर्मतका लागि रोकिएको रेलमा बिपरीत दिशाबाट आएको अर्को रेलले ठक्कर दिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा विपरीत दिशाबाट आएको रेलमा सवार २१३ मध्ये अधिकांश घाइते भएको मलेसियाको प्रहरीले जनाएको छ ।

घटनामा ६६ जना गम्भीर घाइते भएका छन् भने १६६ जना सामान्य घाइते भएको बताइएको छ । यातायात मन्त्रालयले पनि घटनाको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्ने जनाएको छ ।

मेट्रो रेल सञ्चालनको सञ्चालनको २३ वर्षमा पहिलो पटक दुर्घटना भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.