गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

0

काठमाडौं : : कपिलवस्तुमा गत बुधबार गोली लागेरे घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएको एक घण्टामा नै सोमबार राति उनको मृत्यु भएको हो ।

काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्म राज भण्डारीले बताए । 

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ निग्लिहवाबाट तौलिहवा घरतर्फ जाँदै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।

गोली प्रहारमा संलग्न दुई जनालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.