सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी शर्मा नियुक्त

0

काठमाडौं : सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बनेको सीसीएमसीको निर्देशक समितिको सीइओमा शर्मालाई नियुक्त गरेको हो ।

शर्मा निर्देशक समितिको सदस्य–सचिव रहने छन् । शर्माले नेपाली सेना र माओवादी लडाकु समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर काम गरेका थिए । उनी संयुक्त राष्ट्र संघका पूर्वफोर्स कमान्डर पनि हुन् ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । अब पोखरेल निर्देशन समितिको सदस्यका रुपमा मात्र रहने छन् । ८ जना मन्त्री र मुख्यसचिव रहने निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्ने छन् ।

Leave A Reply

Your email address will not be published.