उपत्यकामा जारी निषेधाज्ञ थप्ने तयारी, आज तीन जिल्लाका प्रमुखको बैठक बस्दै

0

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ । निषेधाज्ञाको विषयमा निर्णय गर्न उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।

कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा  गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । 

यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ । संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उनले बताए ।  

कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको पराजुलीको भनाइ छ । संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.