बंगालको खाडीमा शक्तिशाली चक्रवात विकसित हुँदै, नेपालमा पनि असर पर्ने

0

काठमाडौं : बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा यसको भयंकर असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् ।

नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले बुधबारदेखि वर्षा सुरु हुने सम्भावना रेहेका बताएका छन् ।

कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएकाले आवश्यक सतर्कता र चनाखो हुन सरोकारवालालाई महाशाखाले सचेत गराएको छ ।

माहाशाखाले मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको छ । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.