‘उपेन्द्र पक्षको निर्णय अमान्य’

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको भन्दै उपेन्द्र यादव पक्षले राखेको बैठकले गरेका निर्णय अमान्य हुने बताएका हुन् ।

उनले उपेन्द्र यादव पक्षले राखेको बैठकलाई कथित बैठक भन्दै सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको बताएका छन् ।

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका गतिविधि गरेको भन्दै जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले चार नेतामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.