कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

0

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए ।

Leave A Reply

Your email address will not be published.