लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का ४ सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

प्रदेश सभा सदस्यबाट पदमुक्त भएका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले आफूहरुलाई पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जसपाको कार्यकारिणी समितिको बहुमतले उनीहरुलाई निष्काशन गरेको थियो । त्यही कारबाहीका आधारमा प्रदेशसभाका सभामुखले उनीहरु पदमुक्त भएको घोषणा गरेका थिए ।

रिट निवेदक पाण्डेय हाल लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री, यादव भूमि व्यवस्था मन्त्री, कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्री र रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

Leave A Reply

Your email address will not be published.