बालबालिकालाई खोप दिने योजना तत्कालका रोकेर गरिब देशहरुलाई सहयोग गर्नुपर्छ : डब्लुएचओ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरिब देशहरुलाई कोरोना भाइरसविरुद्धको खोपका लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गरेको छ ।

विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सारेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने डब्लुएचओले बताएको हो । 

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी नियन्त्रणमा लिने प्रयोजनका लागि धनी देशहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने  बताए । 

खोपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु पर्ने डब्लुएऐओको भनाइ छ । 

धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन पाएका छैनन् । 

Leave A Reply

Your email address will not be published.