११ देशमा राजदूत नियुक्तिको सिफारिस

0

काठमाडौं : सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।

सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नभएसम्मका लागि कार्यकाल थप गरिएको थियो । 

Leave A Reply

Your email address will not be published.