चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

0

एजेन्सी : चीनले अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको छ । चिनियाँ अन्तरिक्ष ‘चु रोङ्ग रोभर’ नाम दिइएको रोबोट मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोभर मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।

चिनियाँ रोभरमा ६ वटा चक्का रहेका छन् । सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोभर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो । जुरोङ्ग रोभरसँगै रहेको तिअन्वेन–१ नामक अर्बिटर पनि थियो, जो गत फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.