इजरायल-प्यालेस्टाइन हिँसा जारी : वेष्ट ब्यांकमा पनि भिडन्त

0

एजेन्सी : गत सोमबारदेखि शुरु भएको इजरायल-प्यालेस्टाइनबीचको हिँस अझै जारी छ । मुस्लिम तथा यहुदीहरुको धार्मिक स्थलमा भएको तनावपछि हिंसा भएको थियो ।

हाल इजरायली सेना र प्यालेस्टाइनीबिचको हिंसात्मक भिडन्त वेष्ट ब्यांकको अधिकांश भागमा समेत‍ फैलिएको छ ।

गाजा पट्टीबाट शुरु भएको हिंसात्मक गतिविधि अहिले वेष्ट ब्यांकको विस्तारित क्षेत्रमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वेष्ट ब्यांकमा जारी हिंसाका कारण कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको र अन्य सयौं घाइते भएको बताइएको छ ।

इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ । प्यालेस्टाइनीहरुले भने पेट्रोल बमसहित प्रहार गरेका छन् । 

भिडन्त शुरु भएयता गाजामा कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने इजरायलमा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.