नेपालमा कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २० हजार ९४८ पीसीआर परीक्षणका क्रममा ८ हजार ४ सय ६७ जना र ५३० एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म चार लाख ३९ हजार ६५८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै थप २०३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म ४ हजार ६६९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ६ हजार १ सय ३५ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म तीन लाख २७ हजार ६५३ जना कोरोनामुक्त भएका छन् ।

हाल १ लाख सात हजार ३३६ सक्रिय संक्रमित आइशोलेशन र ५१६ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २७ लाख ३३ हजार ५१० वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.