काबुलमा एक विद्यालय नजिक विस्फोट, ३० जनाको मृत्यु

0

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय नजिक विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

काबुलको दाशत–बार्ची क्षेत्रमा विस्फोट भएको हो । सो क्षेत्रमा अधिकांश समय सुन्नी इस्लामिक विद्रोहीले आक्रमण गर्ने गरेको बताइएको छ ।

शनिबार विद्यार्थीहरु विद्यालयबाट निस्किँदै गर्दा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो विस्फोटमा परी मृत्यु हुने र घाइते हुने अधिकांश बालिका रहेको त्यहाँको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार भएको आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तालिबान बिद्रोहीले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

Leave A Reply

Your email address will not be published.