मालदिभ्समा भएको बम विष्फोटमा पूर्वराष्ट्रपति घाइते

0

एजेन्सी : मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन् । उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्।

उनको एक अस्पतालमा उपचार भइरहेको मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार बिहीबार साँझ उनको कार नजिकै विष्फोट भएको थियो ।

उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विष्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विष्फोट गराइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.