मुम्बईमा पाङ्ग्रा खसेको एयर एम्बुलेन्स सकुशल अवतरण

0

एजेन्सी : भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा खसेको एयर एम्बुलेन्स बिहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

एयर एम्बुलेन्समा दुईजना चलक दल, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।

सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो ।

नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् । आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो ।

साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.