रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

0

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंमा रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनले एकसेट रेम्डिसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले जानकारी दिए ।

रेम्डिसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले बार्गेनिङ गरेर  १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केही राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेकामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.