रहेनन् गायक प्रेमध्वज प्रधान

0

काठमाडौं : वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । 

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनी घरको सांगीतिक माहोलका कारण गित संगितको क्षेत्रमा आएका थिए । 

उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । 

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.