नेपालमा थपिए ९ हजार ७० कोरोना संक्रमित, थप ५४ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार पाँच सय २९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप दुई हजार सात सय ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ९२ हजार ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल ७२ हजार ५६१ सक्रिय संक्रमित आइशोलेशनमा र ३१४ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.