अफगानिस्तानमा कार बम विस्फोट, ३० जनाको मृत्यु

0

एजेन्सी : अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । 

विस्फोटमा अन्य ९० जना भन्दा धेरै मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वी प्रान्त लोगारको राजधानी पुल–ए–आलम स्थित गेस्टहाउस नजिकै बम विस्फोट भएको बताइएको छ । सो गेस्टहाउसमा विद्यार्थीहरु बस्दै आएका थिए ।

जसका कारण मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला विस्फोट भएको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Leave A Reply

Your email address will not be published.