नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शुक्रबार थप पाँच हजार सात सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १५ हजार ९१६ पीसीआर परीक्षणका क्रममा पाँच हजार छ सय ५७ र ५२५ एन्टीजेन परिक्षणका क्रममा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार १८७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमिणबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

त्यस्तै थप ९ सय २८ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ८१ हजार ९५ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा ३८ हजार ८१३ संक्रिय संक्रमित आइशोलेशन र ५५ जना क्वारेन्टिनमा छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.