आज १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस

0

काठमाडौं : आज मे १ तारिख १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस । नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन् ।

श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ। तर कोरोना महामारीका कारण यो वर्ष पनि अन्तराष्ट्रिय श्रमिक दिवस सार्वजानिक रुपमा नमनाइने भएको छ ।

नेपालमा २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो । तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।

Leave A Reply

Your email address will not be published.