एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

0

एजेन्सी : एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगले पीडित उनको बुधबार निधन भएको बीबीसीले जनाएको छ ।

एपोलो मिसनका क्रममा कोलिन्स चन्द्रमाको कक्षमा नै बसेका थिए भने उनीसँगै गएका नील आर्मस्ट्रङ र एड्विन अल्ड्रिन चन्द्रमामा उत्रिएका थिए । अब एपोलो ११ मिसनमा गएका ९१ वर्षका एड्विन अल्ड्रिन मात्रै जिवित छन् ।

एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाई जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’

एपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो ।

चन्द्रमामा पहिलो पटक पाइला टेक्ने एपोलो-११ का कमाण्डर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.