ट्रम्पका निजी वकिल रुडी जुलियानीको कार्यालय र घरमा एफबीआईको छापा

0

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल तथा न्यूयोर्कका पूर्व मेयर रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले छापा मारेको छ ।

युक्रेनसँगको सम्बन्धलाई लिएर जुलियानीमाथि अनुसन्धान भइरहेको छ र सोही क्रममा उनको घर तथा कार्यालयमा छापा मारिएको एफबिआईले जनाएको छ ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए ।

सन् २०२० को राष्ट्रपतीय चुनावअघि जुलियानीको नेतृत्वमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनका छोरा हन्डर बाइडेन सम्बन्धी घातक जानकारी खोजी गरिएको थियो ।

जुलियानीका वकिलले त्यसक्रममा कुनै पनि कानून उल्लंघन नगरिएको दाबी गर्दै आएका छन् ।

बाइडेनले चुनाव जिते र उनका छोरा हन्डरले युक्रेनमा कुनै पनि प्रकारको अवैध काम नगरेको बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.