काठमाडौंमा चिनियाँ खोप लगाउने कार्य स्थगित

0

काठमाडौं : सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते पनि खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएका छन् । जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य किन स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन ।

यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो ।

यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो । नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो ।।

Leave A Reply

Your email address will not be published.