काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

0

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको हो ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् । उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा लगाएका छन् । 

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि निषेधाज्ञा लागू गरिएको हो ।

कोरोना संक्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । 

निषेधाज्ञामा खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछ ।

Leave A Reply

Your email address will not be published.